aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ बैशाख २०७९
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ४५ हजार ९९१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी वैशाख १४ गतेदेखि विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. १८५ तोकिएको छ । 

इच्छुक खरीदकर्ताहरुले वैशाख २२ गते कार्यालय समयभित्र एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था छ । 

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । यो शेयर बाँडफाँटमा प्राप्त गर्ने खरीदकर्ताहरुले कम्पनीद्वारा वैशाख १४ गतेपश्चात घोषणा हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस