काठमाडौं । नेपाल राष्ट्र बैंक आजदेखि ६७ औं वर्षमा प्रवेश गरेको छ । २०७९ साल वैशाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैंक आजदेखि ६६ वर्ष पूरा गरी ६७ औं वर्षमा प्रवेश गरेको हो ।
बैंकको वार्षिकोत्सवको अवसरमा देशको वर्तमान आर्थिक अवस्था र २०७८ सालमा यस बैंकबाट सम्पादन भएका महत्वपूर्ण कार्यहरू प्रस्तुत गरिएको छ । उक्त अवसरमा नेपाल राष्ट्र बैंकले अर्थतन्त्र पुनरूत्थान र बाह्य क्षेत्रमा परेको दबाब व्यवस्थापनमा गभर्नर महा प्रसाद अधिकारीले अर्थतन्त्र पुनरूत्थान र बाह्य क्षेत्रमा परेको दबाब व्यवस्थापनमा नेपाल राष्ट्र बैंकको प्रयासबारे प्रस्तुत गरेका हुन् ।
अर्थतन्त्र पुनरूत्थानको क्रममा बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष २०७८/७९ को सुरूआती महिनामा अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश अंश आयात भुक्तानीमा गएका कारण आर्थिक वर्ष २०७८/७९ को सुरूआतदेखि नै शोधनान्तर स्थिति घाटामा गएको राष्ट्र बैंकले जनाएको छ । उक्त घाटा क्रमशः बढ्दै गएकोले विदेशी विनिमय सञ्चिति घट्न गएको छ । विदेशी विनिमय सञ्चितिको अवस्था सात महिनाको भन्दा कम समयको लागि वस्तु तथा सेवा आयात धान्न सक्ने स्थितिमा पुगेको हुँदा बाह्य क्षेत्र अहिले दबाबको अवस्थामा रहेको छ ।
राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चितिमा परेको दबाबलाई कम गर्दै बाह्य क्षेत्र स्थायित्व कायम गर्न समीक्षा अवधिमा विभिन्न नीतिगत प्रयास भएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले बैंकिब प्रणालीमार्पmत विप्रेषण पठाएर बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम एक प्रतिशत बिन्दुले अतिरिक्त ब्याज पाउने व्यवस्था मिलाइएको छ । २०७८ पुस र माघ महिनामा केही वस्तुको आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ । गैरआवासीय नेपाली र उनीहरू संलग्न विदेशी संस्थालाई विदेशी मुद्रामा निक्षेप खाता खोल्न सहजीकरण गरिएको छ ।
कोभिड–१९ को संक्रमण अझै केही मात्रामा कायमै रहेको छ । संक्रमणको थप लहरको सम्भावना पनि छ । तथापि अधिकांश मानिसले कोभिड–१९ विरूद्धको खोप लगाइसकेको हुँदा आर्थिक गतिविधि पुनरूत्थानको क्रममा नै रहने देखिन्छ । आर्थिक पुनरूत्थानको क्रममा कर्जा प्रवाह र आयात बढ्न गई शोधनान्तर घाटा बढ्दै जाँदा विदेशी विनिमय सञ्चितिमा चाप परेको स्थिति छ जुन अझै केही समय कायम रहन सक्छ । यसैलाई दृष्टिगत गरी बाह्य क्षेत्र स्थायित्वको लागि नेपाल राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत प्रयासले विदेशी विनिमय सञ्चिति पर्याप्तता सूचक पछिल्ला महिनामा स्थिर रहेको छ । बाह्य क्षेत्रको अवस्था हेरी यसको स्थायित्वको लागि आगामी दिनमा थप उपाय अवलम्बन गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको जनाएको छ ।
यस्तो छ देशको वर्तमान आर्थिक अवस्था र २०७८ सालमा यस बैंकबाट सम्पादन भएका महत्वपूर्ण कार्यहरू
प्रतिक्रिया दिनुहोस