aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एन आई सी एशियाका ग्राहकलाई होटल ह्यारिसनमा ३० प्रतिशतसम्म छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
एन आई सी एशियाका ग्राहकलाई होटल ह्यारिसनमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकलाई होटल ह्यारिसन प्यालेसमा ३० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

एन आई सी एशिया बैंक लिमिटेड र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरेका छन् । यसबाट प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जानुहुने बैंकका ग्राहकहरु लाभान्वित हुने जनाएको छ ।

बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिहेको छ ।
 

प्रतिक्रिया दिनुहोस