aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नबिल बैंकको १४ नयाँ शाखा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ बैशाख २०७९
नबिल बैंकको १४ नयाँ शाखा सञ्चालन

काठमाडौं । नबिल बैंकले थप १४ नयाँ शाखा विस्तार गरेको छ । बैंकले बिहिबार धुम्बाराही मालीगाउँ काठमाडौं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ ।  

उपरोक्त शाखा कार्यालयमा विशेष कार्यक्रमको आयोजित गरि उद्घाटन गरिएको हो । स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँ शाखाको उद्घाटन गर्ने कार्यक्रम तय गरेको  थियो ।

मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ । बिहीबार उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४८ पुगेको छ । बैंकले १८८ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दै आईरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस