aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नबिल बैंकले पायो नेशनल एचआर एक्सेलेन्स अवार्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ बैशाख २०७९
नबिल बैंकले पायो नेशनल एचआर एक्सेलेन्स अवार्ड

काठमाडौं । नबिल बैंकले नेशनल एचआर एक्सेलेन्स अवार्ड प्राप्त गरेको छ । ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो भने ग्रोथ सेलर मानव संसाधनमा परामर्श गर्ने कम्पनी हो ।

बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरूको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।

उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइरालालगायत मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस