aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सनराइज बैंकको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ बैशाख २०७९
सनराइज बैंकको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडको १ लाख १० हजार २५७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले निर्मल प्रधानको नाममा रहेको उक्त कित्ता संस्थापक शेयर विक्रीका लागि आइतवार ३५ दिने सुचना जारी गरेको हो । यो शेयरको मूल्य रू. १६० तोकिएको छ ।

यो शेयर खरीदका लागि विद्यमान शेयरधनीहरुले मात्र निवेदन पेश गर्न सक्नेछन् । तोकिएको मितिभित्र बैंकको प्रधान कार्यालय गैरिधारा, काठमाडौंमा रहेको शेयर रजिष्ट्री विभागमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस