aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

शंकास्पद कारोबारको सूक्ष्म अध्ययन हुँदै, एक हजार ५५६ वटा प्रतिवेदन प्राप्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ बैशाख २०७९
शंकास्पद कारोबारको सूक्ष्म अध्ययन हुँदै, एक हजार ५५६ वटा प्रतिवेदन प्राप्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको जनाएको छ । वित्तीय जानकारीको इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको जनाईएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ वटा प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा पठाएको छ ।

यसैबीच नेपाल राष्ट्र बैंकले उक्त अवधिसम्म सरकारको कूल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रुपैयाँ रहेको जनाउँदै हालसम्म २९ अर्ब २४ करोड ६७ लाख रुपैयाँ बराबरको आन्तरिक ऋण भुक्तानी गरेको बताएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरीवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति तयार गरिएको कार्यविधिअनुसार फागुन मसान्तसम्म १५ वटा वाणिज्य बैंकको निरीक्षण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस