काठमाडौं । आज बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बैशाख २० गते मंगलबार इदको सार्वजनिक बिदाको दिन पनि २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो । विभागले १० बजेदेखि १२ बजेसम्म विकास ऋणपत्र २०८३ ‘क’ को दशौं किस्ता, २०८१ ‘ख’ को नवौं किस्ता र २०८७ ‘घ’ को तेस्रो किस्ताको अर्धवार्षिक व्याज भुक्तानीको लागि प्रणाली सुचारु रहने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस