aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कुमारी बैंकले कमायो एक अर्ब ३३ करोड रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
कुमारी बैंकले कमायो एक अर्ब ३३ करोड रुपैयाँ

कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब ३३ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनाभन्दा २८ दशमलव ०४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । 

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कुमारीको खराब कर्जामा पनि सुधार आएको छ । अघिल्लो वर्ष १.०१ प्रतिशत रहेको निष्कृय कर्जाको अनुपात यो आर्थिक वर्षमा ०.९ प्रतिशत रहेको छ । कुमारीको बढ्दो नाफामा चौंथो त्रैमासिकमा आर्जन गरेको नाफाको पनि महत्वपूर्ण योगदान देखिन्छ ।

८ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले रिर्टन अर्निङ ९७ करोड ७४ लाख रुपैयाँ, प्रिमियम ५ करोड ४८ लाख रुपैयाँ र जगेडा २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ छुटाएको छ । 

कुमारी बैंकले निक्षेपमा ७३ अर्ब २० करोड १३ लाख रुपैयाँ संकलन गरी कर्जा ७३ अर्ब १२ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलना बैंकले निक्षेपमा २३ दशमलव ७२ प्रतिशतले र कर्जामा २१ दशमलव ६६ प्रतिशतले वृद्धि गरेको छ । 

बैंकको खुद व्याज आम्दानी ४८ दशमलव ५७ प्रतिशतले बढेर ३ अर्ब १ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२ दशमलव ६२ प्रतिशतले बढेर १ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । 

कुमारी बैंकको निष्कृय कर्जा शून्य दशमलव ९७ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १२ दशमलव ०७ प्रतिशत, प्रतिशेयर आम्दानी १५ दशमलव ३६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ३२ गुणा, प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ र तरलता अनुपात २३ दशमलव १७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस