aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

भारतीय रिजर्भ बैंकले रिपोदरमा परिवर्तन गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ बैशाख २०७९
भारतीय रिजर्भ बैंकले रिपोदरमा परिवर्तन गर्यो

एजेन्सी । बढ्दो मुद्रास्फीतिबाट चिन्तित भारतीय रिजर्भ बैंक (आरबीआई) ले रिपो दर ४ प्रतिशतबाट बढाएर ४.४० प्रतिशत पुर्याएको छ । अब भारतमा पनि ऋण महँगो हुने छ  भने थप ईएमआई तिर्नुपर्नेछ । मौद्रिक नीति समितिको मे २ र ३ गते बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । आरबीआईका गभर्नर शक्तिकान्त दासले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।

मौद्रिक सम्बन्धी नीति बैठक हरेक दुई महिनामा बस्ने गर्छ । पछिल्लो बैठक अप्रिल ६–८ मा भएको थियो । अन्तिम पटक रिपो दर परिवर्तन भएको थियो । २२ मे २०२० मा त्यसयता यो ४ प्रतिशतको ऐतिहासिक रुपमा न्यून विन्दुमा पुगेको छ । रिपो दर भनेको बैंकहरूले आरबीआईबाट ऋण प्राप्त गर्ने दर हो । जबकि रिभर्स रेपो दर भनेको बैंकहरूले आफ्नो पैसा आरबीआईसँग राख्दा ब्याज प्राप्त गर्ने दर हो ।

प्रतिक्रिया दिनुहोस