aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

लुम्बिनी विकास बैंकको एकै साथ दुई नयाँ शाखा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ बैशाख २०७९
लुम्बिनी विकास बैंकको एकै साथ दुई नयाँ शाखा सञ्चालन

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले एकैसाथ दुई नयाँ शाखा सञ्चालन गरेको छ । ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्घेश्यले बुधबारदेखि थप दुई शाखाहरुको उद्घाटन गरिएको हो । 

नयाँ खोलिएका शाखाहरुमा ८० औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकी शाखा र ८१ औँ शाखाको रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं.२, स्थित बट्टार शाखा रहेका छन् । 

यस बिकास बैंकको  कलंकी शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले  गरेका हुन् । त्यस्तै, बट्टार  शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस