काठमाडौं । पछिल्लो हप्ता वाणिज्य बैंकहरुले निक्षेप संकलनमा सामान्य सुधार भएको छ । वाणिज्य बैंकहरुमा एक हप्ताको अवधिमा एक अर्ब रुपैयाँले निक्षेप बढेको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार बैशाख ९ गतेदेखि १६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा १ अर्बले निक्षेप बढेको हो । बैशाख ९ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खब ६७ अर्ब रुपैयाँ रहेकोमा उक्त निक्षेप बढेर बैशाख १६ गतेसम्म आइपुग्दा ४३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकहरुले यस अवधिमा निक्षेप संकलन भन्दा बढी कर्जा प्रवाह गरेका छन् । बैशाख ९ गतेदेखि १६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुले तीन अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । बैशाख ९ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह बढेर बैशाख १६ गतेसम्म आइपुग्दा ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस