
काठमाडौं । नबिल बैंक लिमिटेडले बिशेष साधारणसभा बोलाएको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको ५९५ औं बैंठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त विशेष साधारणभा जेठ ७ गते शनिबार बिहान ११ बजे काठमाडौंमा हुनेछ । सो साधारणसभा प्रयोजनका लागि बैंकले बैशाख ३० गते एक दिनका लागि शेयरधनी किताब खाता बन्द गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस