काठमाडौं । बिहिवार नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ । कम्पनीको ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
कम्पनीले ८ वर्ष अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६ नामक ऋणपत्र सूचीकृत गराएको हो । अव यो ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस