aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्राइम कर्मशियल बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ बैशाख २०७९
प्राइम कर्मशियल बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन

काठमाडौं । प्राइम कर्मशियल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले रू.५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि वैशाख २२ गते सेबोनमा निवेदन दिएको हो । 

विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कुल ५० लाख कित्ता मध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ३० लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विक्री गर्नेछ । 

कम्पनीले वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदरमा आगमी ५ वर्षका लागि ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस