aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपालमा पहिलो पटक नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम युएसडीए बाट सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ बैशाख २०७९
नेपालमा पहिलो पटक नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम युएसडीए बाट सूचीकृत

काठमाडौं । नबिल बैंकले US Department of Agriculture -USDA द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम GSM 102 अन्तर्गत बैंकलाई सूचीकरणका लागि USDA सँग सम्झौता गरेको छ । नबिल बैंक USDA  कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्याकंन पछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो ।

यो व्यवस्थासँगै नबिल बैंकले USDA बाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ । USDA कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनु पर्नेछैन । यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतित पत्र मार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।
USDA को निर्यात ऋण ग्यारेन्टी कार्यक्रम अन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुंगा हो ।

प्रतिक्रिया दिनुहोस