aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्वावलम्बन लघुवित्तले कमायो ४२ करोडमाथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
स्वावलम्बन लघुवित्तले कमायो ४२ करोडमाथि

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ४२ करोड २५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २३ दशमलव १७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ३४ करोड ३० लाख रुपैयाँ कमाएको थियो ।

६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पुँजी भएको स्वावलम्बन लघुवित्तले जगेडाकोषमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ७ अर्ब ४९ करोड ४ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ४० प्रतिशतले वृद्धि गरी १४ अर्ब ४० करोड ७ लाख रुपैयाँ लगानी गरेको छ ।

स्वावलम्बन लघुवित्तको खुद व्याज आम्दानी २३ दशमलव १२ प्रतिशतले बढेर १ अर्ब ६ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २३ दशमलव ०४ प्रतिशतले बढेर ६६ करोड २९ लाख रुपैयाँ पुगेको छ । 

स्वावलम्बन लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ७७ प्रतिशत, जोखिम युक्त सम्पत्ति १० दशमलव ८० प्रतिशत, प्रतिशेयर आम्दानी ६७ दशमलव १९ रुपैयाँ, मुल्य आम्दानी अनुपात १३ दशमलव ०२ गुणा, प्रतिशेयर नेटवर्थ २७८ दशमलव ८९ रुपैयाँ र तरलता अनुपात ८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस