
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा १३ करोड ८९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४१ दशमलव ३३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ९ करोड ८३ लाख रुपैयाँ कमाएको थियो ।
८८ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी भएको आइसिएफसि फाइनान्सले जगेडाकोषमा ३५ करोड १४ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १० अर्ब ९३ करोड २८ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा २४ दशमलव ७२ प्रतिशतले वृद्धि गरी ८ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ ।
आइसिएफसि फाइनान्सको खुद व्याज आम्दानी ३० दशमलव १४ प्रतिशतले बढेर ३५ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६६ दशमलव ६६ प्रतिशतले बढेर १९ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
आइसिएफसि फाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ०८ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ९४ प्रतिशत, प्रतिशेयर आम्दानी १५ दशमलव ७६ रुपैयाँ, मुल्य आम्दानी अनुपात १० दशमलव ६६ गुणा, प्रतिशेयर नेटवर्थ १३९ दशमलव ८४ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ५४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस