aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

छिटो अवधिभित्र विकेन एनएमबि बैंकको उर्जा ऋणपत्र, जेठ ४ गतेसम्म विक्रीमा रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ बैशाख २०७९
छिटो अवधिभित्र विकेन एनएमबि बैंकको उर्जा ऋणपत्र, जेठ ४ गतेसम्म विक्रीमा रहने

काठमाडौं । वैशाख २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र जेठ ४ गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले छिटो अवधि वैशाख २५ गतेसम्मको मिति तय गरेको थियो । 

यस अवधिसम्म माग बमोजिम आवेदन नपर्ने देखिएपछि .बैंकले ढिलो अवधिसम्म विक्रीमा रहने जानकारी दिएको हो । बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गर्न लागेको हो ।

यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र बिक्री गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस