
नेपाल एसबिआई बैंक ( Nepal SBI Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा १ अर्ब ६० करोड ६ लाख रुपैयाँ कमाएको, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १६ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको सोहिअवधिमा १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडाकोषमा ३ अर्ब ५६ करोड ६ लाख रुपैयाँ छुट्टाएको छ ।
बैंकले निक्षेपमा १ खर्ब ८ करोड ३४ लाख रुपैयँ संकलन गरी कर्जामा ८५ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले कर्जामा दुबै १८ प्रतिशत वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १६ दशमलव ११ प्रतिशतले बढेर ३ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा पनि ९ दशमलव ३३ प्रतिशतले बढेर २ अर्ब २० करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २५ दशमलव २६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १६ दशमलव ३१ गुणा, प्रतिशेयर नेटवर्थ १५९ दशमलव ५६ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ५४ प्रतिशत रहेको छ ।
बैंक (SBI) को आधार ब्याजदर ९ दशमलव ७३, कोषको लागत ५ दशमलव ८६ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव १९ प्रतिशत र जोखिम युक्त सम्पत्ति १३ दशमलव ३० प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस