
एजेन्सी । भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डियाले विभिन्न बैंकलाई बैंकमा भएको सूचना ढिलो सम्प्रेसण गरेको कारण ठूलो जरिवाना लगाएको छ । पञ्जाप नेशनल बैंक, भारतीय स्टेट बैंक र ओरेन्टल बैंक अफ कमर्सलाई जरिवाना लगाएको हो । रिजर्व बैंकले शनिवार भारतको सबैभन्दा ठैलो बैंक भारतीय स्टेट बैंक(एसबीआइ)ले त्यहाको शेयर बजारलाई ५० लाख भारु जरिवाना लगाएको सूचना दिएको छ । एसबीआइ बैंकका अनुसार ऋणीले बैंकमा गरेको घोटलाको सूचना दिन ढिला गरेका कारण जरिवाना लगाएको हो ।
त्यस्तै, रिजर्व बैंकले पञ्जाल नेशनल बैंक र बैंक अफ बडौंदालाई पनि ५०(५० लाख जरिवाना लगाएको छ । पञ्जाव नेशनल बैंकले किंगफिसर एयरलान्सले बैंकमा गरेको घोटलाको सूचना शेयर बजारलाई ढिला दिएको कारण उसलाई कारबाही स्वरुप जरिवाना लगाएको जनाइएको छ ।
त्यस्तै ओरेन्टल बैंक आफ कमर्सलाई १ करोड भारु, युनाइटेड बैंक अफ इन्डिया र पञ्जाब सिंध बैंक एक एक करोड जरिवाना लगाएको छ । बैंक अफ बडौदा र फेडरल बैंकलाई ५० (५० लाख भारु जरिवना लगाएको छ । यो जरिवनाको रकम यो सूचना जारि भएको १४ दिनभित्र दाखिला गरिसक्नु भयो रिजर्व बैंकले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस