aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अब राष्ट्र बैंकले निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ बैशाख २०७९
अब राष्ट्र बैंकले निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र दिने

काठमाडौं । अब नेपाल राष्ट्र बैंकले सेवा निवृत्त कर्मचारीहरुको निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र दिने जनाएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सेवा निवृत्त कर्मचारीहरुको निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र दिने जनाएको हो । 

बैंकले सम्बन्धित कर्मचारीहरुलाई एक महिना भित्र खाता खोलिसक्न भनेको छ । यस्तै, सोको विवरण राष्ट्र बैंकको सम्बन्धित शाखामा बुझाउन समेत आग्रह गरिएको छ । 

राष्ट्र बैंकले जारी गरेको सूचना भनिएको छ– नेपाल राष्ट्र बैंक, निवृत्तिभरण भुक्तानीसम्बन्धी कार्यविधि, २०७९ बमोजिम यस बैंकबाट सेवानिवृत्त कर्मचारी वा निजको हकवालालाई यस बैंकबाट प्रदान गरिने निवृत्तिभरण वापतको रकम निज निवृत्तिभरकको नाममा बैंक तथा वित्तीय संस्थामा खोलिएको बैंक खातामा मात्र भुक्तानी गरिने व्यवस्था भएकोले उक्त कार्यविधिको दफा (८) को उपदफा (२) मा भएको व्यवस्थाअनुसार बैंक खातासम्वन्धी विवरण पेश गर्न बाँकी निवृत्तिभरकले  संलग्नबमोजिमको फाराम यो सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागमा वा यस विभागको ईमेल ठेगानामा बुझाउनहुन अनुरोध छ । 
 

प्रतिक्रिया दिनुहोस