aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा

महालक्ष्मी विकास बैंकले सोमबारदेखि बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिका वडा नम्बर २९, ठमेलमा नँया शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । 

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको जनाएको छ । 

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तार गरि ९८ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी  ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ । 

बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस