aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ बैशाख २०७९
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा ‘नेपालपे क्यूआर’ लाई सफलतापूर्वक एकीकृत गरेको छ । जसले गर्दा यसका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध ‘नेपालपे क्यूआर’ मार्फत भुक्तानीहरू गर्न सक्नेछन् । 

एभरेष्ट बैंकले ‘नेपालपे क्यूआर’ को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ। एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौं सन्तुष्ट ग्राहकहरु आवद्ध छन् । 

हाल बैंकले आफ्ना ११५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १५० एटिएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र दक्ष बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस