aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एशियातिकमा २० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ बैशाख २०७९
बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एशियातिकमा २० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिकबिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल एशियातिक्वले एयरपोर्ट रोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।     

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस