
सिद्धार्थ बैंक लिमिटेड (Siddhartha Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १५ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ अर्ब ३८ करोड ६ लाख रुपैयाँ कमाएको थियो ।
८ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा ४ अर्ब २ करोड ५५ लाख रुपैयाँ छुटाएको छ ।
बैंके निक्षेपमा ११ दशमलव ७० प्रतिशतले वृद्धि गरी १ खर्ब ५ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ संकलन गरेको छ र कर्जामा २१ दशमलव ६८ प्रतिशतले वृद्धि १ खर्ब १ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी ४३ दशमलव ९७ प्रतिशतले बढेर ३ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १५ दशमलव ०६ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २४ दशमलव ७१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६२ दशमलव ७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३ दशमलव १४ गुणा र तरलता अनुपात २१ दशमलव ७७ प्रशितत रहेको छ ।
बैंकको निष्कृय कर्जा १ दशमलव ३६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ३७ प्रतिशत, आधार ब्याजदर १० दशमलव ३७ प्रतिशत र कोषको लागत ७ दशमलव ५४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस