aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

महुली लघुवित्तको २५ हजार ४०० कित्ता संस्थापक शेयर दोस्रो पटक लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ बैशाख २०७९
महुली लघुवित्तको २५ हजार ४०० कित्ता संस्थापक शेयर दोस्रो पटक लिलामीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार ४०० कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो ।
 
इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी ७ दिनभित्र आवश्यक कागजात प्रमाणसहित आवेदन दिनुपर्नेछ । आवेदन कम्पनी सचिवको कार्यालय कृष्णसवरण, सप्तरीमा पेश गर्नुपर्नेछ । साथै उल्लेखित शेयर विक्री गर्ने संस्थापक शेयरधनीहरूको नाम, विक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा बुझ्न समेत कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस