काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनामा ब्याजदर नबढाउने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जेठ महिनामा बैंकहरूको ब्याजदर नबढाउने निर्णय गरेको हो ।
संघले गरेको ब्याजदर नबढाउने निर्णयबारे सबै वाणिज्य बैंकहरुलाई जानकारी पठाई सकेको छ । गत फागुन महिनामा ब्याजदर बढाएका वाणिज्य बैंकहरुले चैत र वैशाखमा पनि स्थिर राखेका थिए । अब जेठ महिनामा पनि वैशाखको ब्याजदर नै कायम रहनेछ । अहिले वाणिज्य बैंकहरुको ब्याजदर ११.०३ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस