सानिमा बैंक लिमिटेड (Sanima Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३० दशमलव ७५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ अर्ब २० करोड ४७ लाख रुपैयाँ कमाएको थियो ।
८ अर्ब १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडामा २ अर्ब ९ करोड ८७ लाख रुपैयाँ छुटाएको छ ।
बैंकको निक्षेपमा १० दशमलव ३८ प्रतिशतले वृद्धि गरी ८५ अर्ब २६ करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ र कर्जामा १७ दशमलव ९१ प्रतिशतले वृद्धि ७९ अर्ब १३ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी ३९ दशमलव ४६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २९ दशमलव ०७ प्रतिशतले बढेर २ अर्ब २४ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २६ दशमलव ५२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२९० दशमलव २६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११ दशमलव ९९ गुणा र तरलता अनुपात २१ दशमलव ५७ प्रतिशत रहेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव १२ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ९७ प्रतिशत, आधार ब्याजदर ९ दशमलव ३१ प्रतिशत र कोषको लागत ७ दशमलव २९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस