aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साउन २७ र २८ गते युवा उद्यमशील सम्मेलन हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
साउन २७ र २८ गते युवा उद्यमशील सम्मेलन हुदैं

 काठमाडौं । प्रदेश नं. ३ सरकारको अगुवाईमा काठमाण्डौमा २ दिने युवा उद्यमी सम्मेलन हुने भएको छ । सोमवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी प्रदेश नं ३ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिएका हुन । 

प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको आयोजना र आईएमई फाउण्डेसनको सह—आयोजना र राष्ट्रिय बाणीज्य बैंकको मुख्य प्रायोजनमा आगामी साउन २७ र २८ गते देशभरका उद्यमशील सोच राख्ने युवाहरुको सहभागीतामा सम्मेलन अयोगना गर्न लागिएको उनले जानकारी दिए । 

सोहि समारोहमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अन्तराष्ट्रि युवा दिवशको अवशरमा आयोजना हुने युवा उद्यमशीलता सम्मेलन २०१९ उद्यम गर्न चाहने नेपाली युवाहरुका लागि महत्वपुर्ण प्लेटफम भएको बताए । स्थानिय सरकार, प्रदेश सरकार, सरोकारवाला निकाय र निजी क्षेत्रको सहकार्यमा हुन लागेको कार्यक्रमले नेपाली युवा उद्यमीहरुलाई प्रोत्साहन मिल्नुका साथै उद्यम गर्न चाहनेहरुका लागि लगानीको क्षेत्र पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

सोहि समारोहमा युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजक समेत रहेको राष्ट्रिय बाणीज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्मेलनले ७७ वटै जिल्लामा रहेका युवाहरुका माझ सकारात्मक सन्देश जाने र यस्ता खाले सम्मेलनले देशभित्र र बाहिरका युवाहरुमा उद्यम गर्ने उत्साह र आत्मबिश्वास बढ्ने भएकाले बाणीज्य बैंक यो सम्मेलनमा साझेदार भएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस