
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासमा खुद मुनाफा ४ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनाभन्दा १९ दशमलव १५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस कम्पनीको १४ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । जसले रिर्टन अर्निङ ३ अर्ब ७९ करोड ३४ लाख रुपैयाँ र जगेडामा १० अर्ब ४० करोड ८९ लाख रुपैयाँ छुटाएको छ ।
कृषि विकास बैंकले निक्षेपमा १ खर्ब १९ अर्ब ७६ करोड ३४ लाख रुपैयाँ संकलन गरी कर्जा १ खर्ब १० अर्ब ७९ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलना बैंकले निक्षेपमा १४ दशमलव ४२ प्रतिशतले र कर्जामा ११ दशमलव ११ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ७ दशमलव ६२ प्रतिशतले बढेर ७ अर्ब ३७ करोड ३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १० दशमलव ८० प्रतिशतले बढेर ५ अर्ब ४७ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ ।
बैंकको निष्कृय कर्जा २ दशमलव ९० प्रतिशत, जोखिमयुक्त सम्पत्ति २० दशमलव ३३ प्रतिशत, प्रतिशेयर आम्दानी ४४ दशमलव ६७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९ दशमलव १६ गुणा, प्रतिशेयर नेटवर्थ ३१४ दशमलव १८ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ९६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस