
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा १ करोड ४८ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा २९ दशमलव १४ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा जम्मा ३७ लाख रुपैयाँ कमाएको थियो ।
७ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी भएको गुराँसले जगेडाकोषमा १ करोड ७७ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १० करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ५९ दशमलव ०६ प्रतिशतले वृद्धि गरी ६८ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ ।
गुराँस लघुवित्तको खुद व्याज आम्दानी ९४ दशमलव ४३ प्रतिशतले बढेर ४ करोड ६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६ सय प्रतिशतले बढेर २ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ ।
गुराँस लघुवित्तको निष्कृय कर्जा २ दशमलव ७० प्रतिशत, जोखिम युक्त सम्पत्ति १३ दशमलव ६२ प्रतिशत, प्रतिशेयर आम्दानी १९ दशमलव १७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २० दशमलव ८७ गुणा, तरलता अनुपात शुन्य दशमलव ४२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १२२ दशमलव ८७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस