काठमाडौं । दूई ओटा छुट्टा छुट्टै कम्पनीले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सिद्धार्थ बैंकले ४० लाख कित्ता र बैंक अफ काठमाण्डूले ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।
सिद्धार्थ बैंकले वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न बैशाख २५ गते निवेदन दिएको हो । कुल ४० लाख कित्ता मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी बैंक अफ काठमाण्डूले ७ वर्षका लागि वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि वैशाख २६ गते निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि कुल ११ लाख कित्ता मध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख ६० हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस