aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आरटीजीएस प्रणालीमा थप चार संस्था आवद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ जेठ २०७९
आरटीजीएस प्रणालीमा थप चार संस्था आवद्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस  सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप चार संस्था आवद्ध भएको जनाएको छ । यस प्रणालीमा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स िकम्पनी आवद्ध भएका हुन् । 

यसबारे राष्ट्र बैंकले एक सूचना जारी गर्दै जानकारी दिएको छ । यी चार संस्थाहरुले बुधबारदेखि रयल टाइम ग्रस  सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा सिधारुपमा आवद्ध भई कारोबार गर्न सक्ने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।  

May be an image of text that says 'नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग RTGS प्रणालीमा थप संस्थाहरु आबद्द भएको सम्बन्धी सूचना यस बैंकवाट इजाजतपत्रप्राप्त तपसिल वमोजिमका ख' र 'ग' वर्गका वित्तीय संस्थाहरु मिति २०१९/०२/०४ गते बुधवारदेखि Real Time Gross Settlement (RTGS) प्रणालीमा Direct Participant को रुपमा आबद्द भई कारोवार गर्नें भएकोले सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल:- मितेरी डेभलपमेन्ट बैंक लि. नेपाल फाइनान्स लि. श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लि. समृद्धि फाइनान्स कम्पनी लि. मिति: २०७९ कार्यकारी निर्देशक'

प्रतिक्रिया दिनुहोस