aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइसिएफसि फाइनान्सको नाफा साढे ९ करोडमाथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
आइसिएफसि फाइनान्सको नाफा साढे ९ करोडमाथि

आइसिएफसि फाइनान्स लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ९ करोड  ५५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८ दशमलव १९ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ८ करोड ८ लाख रुपैयाँ कमाएको थियो ।

८८ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको ेफाइनान्सले जगेडाकोषमा ३० करोड ७९ लाख रुपैयाँ छुटाएको छ ।

फाइनान्सले निक्षेपमा ९ अर्ब ८५ करोड ८१ लाख रुपैयाँ संकलन गरेको छ र कर्जामा ८ अर्ब ३ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।

फाइनान्सको खुद ब्याज आम्दानी ३३ दशमलव ८७ प्रतिशतले बढेर २४ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३४ दशमलव ७३ प्रतिशतले बढेर १२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्सकोँ निष्कृय कर्जा शुन्य दशमलव ३८ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव २१ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १४ दशमलव ४४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३४ दशमलव ९१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १० दशमलव ६० गुणा र तरलता अनुपात २५ दशमलव ७३ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस