
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा १२ करोड ६८ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा १२४ दशमलव ८५ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५ करोड ६४ लाख रुपैयाँ कमाएको थियो ।
३९ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको नेरुडेले जगेडाकोषमा ४७ करोड ३९ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १ अर्ब ९४ करोड ९७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा २७ दशमलव ५० प्रतिशतले वृद्धि गरी ५ अर्ब ३ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ ।
नेरुडे लघुवित्तको खुद व्याज आम्दानी ३५ दशमलव ७६ प्रतिशतले बढेर ३९ करोड १५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२६ प्रतिशतले बढेर १९ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ ।
नेरुडे लघुवित्तको निष्कृय कर्जा १ दशमलव ५१ प्रतिशत, जोखिम युक्त सम्पत्ति १६ दशमलव ६० प्रतिशत, प्रतिशेयर आम्दानी ३१ दशमलव ९० रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ७० गुणा, तरलता अनुपात ९ दशमलव १३ प्रतिशत र प्रतिशेयर नेटवर्थ २१९ दशमलव १९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस