aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

वाणिज्य बैंकहरुबाट एक महिनामा बाहिरियो १९ अर्ब निक्षेप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ जेठ २०७९
वाणिज्य बैंकहरुबाट एक महिनामा बाहिरियो १९ अर्ब निक्षेप

काठमाडौं । गत बैशाख महिनामा वाणिज्य बैंकहरुबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । चैत्र महिनाको ३० गतेदेखि बैशाख ३० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत चैत्र महिनाको ३० गते वाणिज्य बैंकहरुमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप बैशाख ३० गतेसम्म आइपुग्दा १९ अर्बले घटेर ४३ खर्ब ७० अर्ब रुपैयाँ कायम भएको हो । 

गत बैशाख महिनाको २ गते देखि ९ गतेसम्मको अवधिमा १० अर्बले निक्षेप बैंकहरुबाट बाहिरिएको देखिन्छ । तर, बैशाख ९ गतेदेखि २३ गतेसम्म भने उक्त निक्षेप बढेर ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको थियो । त्यसपछि भने फेरि निक्षेप घटेको देखिन्छ । बैशाख २३ गतेदेखि ३० गतेसम्म आइपुग्दा उक्त निक्षेप ३ अर्बले घटेर ४३ खर्ब ७० अर्ब रुपैयाँमा झरेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ । 

यता, वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा समेत घटेको छ । गत चैत्र ३० गतेदेखि बैशाख ३० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा ६ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको हो । चैत्र ३० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह घटेर बैशाख ३० गतेसम्म आइपुग्दा ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको हो । 
 

प्रतिक्रिया दिनुहोस