
काठमाडौं । चालु आर्थिक वर्षको (२०७६/०७७) मौद्रिक नीतिले गरेको व्यवस्था आज (मङ्गलबार) बाट लागु भएको छ । मौद्रिक नीति सार्वजनिक हुने वित्तिकै त्यसमा समेटिएका विषयहरु स्वत्तः लागु हुदैनन् । यसका लागि राष्ट्र बैङ्कले एकीकृत निर्देशिका जारी गर्नुपर्छ ।
राष्ट्र बैङ्कले एकीकृत निर्देशिका जारी गरेसँगै मौद्रिक नीतिले गरेको व्यवस्था कार्यान्वयनमा गएका छन् । सोमबार (साउन २०) साँझ एकीकृत निर्देशिका संशोधन भएर आएसँगै मौद्रिक नीतिका व्यवस्था कार्यान्वयनमा भएकाे हाे ।
याे सँगै अबदेखि बैङ्क तथा वित्तिय संस्थाले बीमा अभिकर्ताको काम गर्न नपाउने भएका छन् । तर कर्जा प्रवाहका क्रममा ऋणीले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउन, कर्जाको बीमा गराउन वा बिनाधितो व्यक्तिगत जमानीमा मात्र प्रवाह भएको कर्जाको हकमा कर्जा अवधिसम्मका लागि आवधिक जीवन बिमा गराउन भने पाइनेछ ।
प्रतिक्रिया दिनुहोस