aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राष्ट्र बैंकको नयाँ नीतिले तर्सिएका बैंकरहरू योजना बनाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
राष्ट्र बैंकको नयाँ नीतिले तर्सिएका बैंकरहरू योजना बनाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनबाट उत्पन्न परिस्थितिका विषयमा बैंकरहरू छलफलमा जुटेका छन् । राष्ट्र बैंकले स्प्रेड गणना विधिमा गरेको परिर्वतनले बैंकको नाफा घट्ने भएपछि बैंकरहरु छलफलमा जुटेका हुन् ।  नेपाल राष्ट्र बैंकले बैंक्योरेन्स, सीईओ र सञ्चालक समितिका अध्यक्षको उमेर हदका विषयमा नयाँ नीति ल्याएको थियो । 

मौद्रिक नीतिपश्चात आएको राष्ट्र बैंकको निर्देशनपछि के गर्ने भन्ने विषयमा बैंकरहरुले छलफल गर्ने बताइएको छ । स्रोतका अनुसार बैंकरहरूले यसअघि भएको ब्याजदरको भद्र सहमतिलाई खारेज गर्ने तयारीमा रहेका छन् । राष्ट्र बैंकको नयाँ स्प्रेड गणना विधिलगायतका नीतिले एकातिर नाफा घट्ने अर्कोतिर सञ्चालकहरुको नाफा वृद्धि गर्नका निम्ति आउन सक्ने दबाबबाट बच्न ब्याजदरको सहमति तोड्ने तयारीमा पुगेका हुन् । ब्याजदरको सहमति तोडिएमा ब्याजदर बढ्ने निश्चित रहेको एक बैंकरले बताए ।

प्रतिक्रिया दिनुहोस