aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

परासीमा एभरेष्ट बैंकको ११६ औं शाखा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ जेठ २०७९
परासीमा एभरेष्ट बैंकको ११६ औं शाखा सञ्चालन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि सो शाखा सञ्चालनमा ल्याएको हो । 

सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशब प्रसाद भण्डारीले संयुक्त रुपमा परासी शाखाको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिल कुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११६ शाखा संजाल, प्रादेशिक कार्यालय, १५० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस