
काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा ५४ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा १२२ दशमलव १३ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २४ लाख रुपैयाँ कमाएको थियो ।
६ करोड रुपैयाँ चुक्ता पुँजी भएको सपोर्टले जगेडाकोषमा ८९ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १३ करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ६५ दशमलव ६६ प्रतिशतले वृद्धि गरी ६६ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ ।
सपोर्ट माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ६० प्रतिशतले बढेर ४ करोड २ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १६६ प्रतिशतले बढेर ८५ लाख रुपैयाँ आर्जन गरेको छ ।
सपोर्ट माइक्रोफाइनान्सको निष्कृय कर्जा १ दशमलव ३६ प्रतिशत, जोखिम युक्त सम्पत्ति ९ दशमलव ८९ प्रतिशत, प्रतिशेयर आम्दानी ९ दशमलव ०८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४२ दशमलव १७ गुणा, तरलता अनुपात ९ दशमलव ६३ प्रतिशत र प्रतिशेयर नेटवर्थ ११४ दशमलव ८४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस