aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कुन वाणिज्य बैंकसँग अहिले कति छ निक्षेप ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ जेठ २०७९
कुन वाणिज्य बैंकसँग अहिले कति छ निक्षेप ?

काठमाडौं । चालु आर्थिक वर्षको बैशाख महिनामा वाणिज्य बैंकहरुले ४३ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन । नेपाल बैकर्स संघको तथ्याङक अनुसार बैशाख मसान्तसम्म बैंकहरुमा ४३ खर्ब ६९ अर्ब ७८ करोड रुपैयाँ निक्षेप रहेको छ । 

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी निक्षेप एनआइसी एसिया बैंकको रहेको छ भने सबैभन्दा कम निक्षेप नेपाल बंगलादेश बैंकको रहेको छ । संघको तथ्याङक अनुसार यस अवधिमा एनआइसी एसिया बैंकको निक्षेप २ खर्ब ९७ अर्ब १५ करोड रुपैयाँ, ग्लोबल आइएमइको २ खर्ब ७७ अर्ब १ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २ खर्ब ४६ अर्ब ५ करोड रुपैयाँ निक्षेप रहेको छ । 

त्यस्तै, नबिलको २ खर्ब ३९ अर्ब ७७ करोड रुपैयाँ, सिद्धार्थको १ खर्ब ९० अर्ब २४ करोड रुपैयाँ, नेपाल बैकको १ खर्ब ८७ अर्ब ९० करोड रुपैयाँ, एनएमबी बैंकको १ खर्ब ८६ अर्ब ६४ करोड रुपैयाँ, नेपाल इन्भेष्मेन्ट बैंकको १ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ, हिमालयन बैंकको १ खर्ब ६८ अर्ब ५६ करोड रुपैयाँ र कुमारी बैंकको १ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ रहेको तथ्याङकमा उल्लेख छ । 

यसैगरी, प्रभु बैंकको १ खर्ब ६९ अर्ब ७५ करोड रुपैयाँ, एभरेष्ट बैैकको १ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँ, कुमारी बैंकको १ खर्ब ५९ अर्ब ८२ करोड १६ लाख रुपैयाँ, कृषि विकास बैंकको १ खर्ब ६१ अर्ब १० करोड रुपैयाँ र प्राइमको १ खर्ब ५५ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।
 
त्यस्तै, मेगाको १ खर्ब ५० अर्ब ४७ करोड रुपैयाँ, सानिमा बैंकको १ खर्ब ४७ अर्ब २४ करोड रुपैयाँ, सिटिजन्स इन्टरनेशनल बैंकको १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १ खर्ब ४१ अर्ब २९ करोड रुपैयाँ, लक्ष्मीको १ खर्ब ३६ अर्ब २७ करोड रुपैयाँ र सनराइज बैैकको १ खर्ब २९ अर्ब ८५ करोड रुपैयाँ निक्षेप रहेको तथ्याङकमा उल्लेख छ । 

संघको तथ्याङक अनुसार नेपाल क्रेडिट एण्ड कमर्स बैंकको निक्षेप १ खर्ब २९ अर्ब ७८ करोड रुपैयाँ, स्टाण्डर्ड चार्टर्डको १ खर्ब १० अर्ब ७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको १ खर्ब १५ अर्ब ८७ करोड रुपैयाँ, बैंक अफ काठमाण्डूको १ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ, सेन्चुरी कमर्शियल बैंकको ९२ अर्ब ४२ करोड रुपैयाँ, सिभिलको ९० अर्ब ७९ करोड ८२ लाख रुपैयाँ र नेपाल बंगलादेश बैंकको ८२ अर्ब रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस