
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक कारोबारलाई कर्जा निक्षेप तथा पुँजीको अनुपात (सीसीडी) मा गणना गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिका निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो ।
यसअघि लगानीयोग्यरकम अभाव भएको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अन्तरबैंक कारोबार पनि सीसीडीमा गणना गर्न पाउने सुविधा दिएको थियो ।
बैंक तथा वित्तीय संस्थालाई दिइएको यो सुविधाबारे अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत दातृ निकायले आपत्ति जनाउँदै आएका थिए । अहिले तरलता सहज भएको मौका छोपेर राष्ट्र बैंकले सो सुविधा फिर्ता लिएको हो ।
प्रतिक्रिया दिनुहोस