aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आइतबार आरटीजीएस प्रणाली सुचारु रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ जेठ २०७९
आइतबार आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जेठ ८ गते आइतबार  बिदाको दिन पनि २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो । विभागले १० बजेदेखि १२ बजेसम्म विकास ऋणपत्र २०८७ ‘ख’ को छैठौं किस्ताको अर्धवार्षिक व्याज भुक्तानीको लागि प्रणाली सुचारु रहने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस