aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ जेठ २०७९
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका आफ्ना ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । 


 

प्रतिक्रिया दिनुहोस