aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकार चढ्दा १० प्रतिशत छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ जेठ २०७९
माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकार चढ्दा १० प्रतिशत छुट पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकार चढ्दा विशेष छुट पाउने भएका छन् । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरि व्यवसायिक सम्झौता गरेको हो । 

उक्त सम्झौतापत्रमा अन्नपुर्ण केबुलकार प्रालिको तर्फबाट महा प्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोक मान श्रेष्ठ ज्यूले हस्ताक्षर गरेका हुन् । अन्नपुर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो । जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पु¥याउर्दै आई रहेको छ ।   

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन्् । उक्त केबुलकार सुविधा  पोखराको सेदीबगर देखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको  बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।   

प्रतिक्रिया दिनुहोस