aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रदेश नÞं १ धरान, वडा नंÞ. १४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ । 

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त आर्थिक सहयोगले सिंह देवी मन्दिर देखि दुई धारे पथ हुदैं विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्ने छ । 

बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा एक लाख एघार हजार रुपैयाँ रकमको चेक बैंकको तर्फबाट धरान शाखाका शाखा प्रबन्धक विपल्व राज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष  पितरुमल अग्रवाललाई हस्तान्त्तरण हस्तान्तरण गरेका हुन् । 

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८६ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार असामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँदछौं ।
 

प्रतिक्रिया दिनुहोस