
काठमाडौं । आन्तरिक राजस्व विभागले आफुले लिएको लक्ष्य भन्दा १२ प्रतिशत कम राजस्व उठाएको छ ।
विभागले २०७५/७६ मा ८८.७ प्रतिशतले राजस्व संकलन गरि ३ खर्ब ९८ अर्ब ३५ करोड रूपैयाँ संकलन गरेको छ । २०७५/७६ मा ४ खर्ब ४ अर्ब २२ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो ।
राजस्व विभागले सबै भन्दा धेरै राजस्व आयकरबाट उठाएको छ । आयकरमा २ खर्ब २५ अर्ब २८ करोड राजस्व उठाउने लक्ष्य लिएकोमा १ खर्ब ९२ अर्ब ७८ करोड राजस्व संकन गरेको आन्तरिक राजस्व विभागका महानिर्देशक यज्ञ प्रसाद ढुंगेलले बताए ।
राजस्व विभागले मुल्य अभिबृद्धि करमा १ खर्ब २ अर्ब १ करोड लक्ष्य लिएकोमा ८८ अर्ब २९ करोड रूपैयाँ संकलन गरेको छ । लक्ष्य भन्दा कम ८६.७ प्रतिशत मात्र राजस्व उठेको छ ।
अन्तःशुल्कमा ७६ अर्ब ११ करोड लक्ष्य लिएकोमा ९६.७ प्रतिशत अर्थात् ७३ अर्ब ६१ करोड राजस्व संकलन गरेकोे आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाएको छ ।
राजस्व बिभागले अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले राजस्वमा बृद्धि गरेको थियो ।
२०७४/७५ मा २ खर्ब ९९ अर्ब ९१ करोड राजस्वको लक्ष्य लिएकोमा २ खर्ब ९८ अर्ब ७३ करोड रूपैया संकलन गरेको थियो । यो राजस्वा विभागले राजस्व उठाउन लिएको लक्ष्यको ९९.६ प्रतिशत रहेको थियो ।
यो वर्ष लक्ष्य बढि भएकोले राजस्व कम उठेको महानिर्देश ढुंगेलका भनाई छ ।
प्रतिक्रिया दिनुहोस