aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सनराइज बैंकको ३८ औं शाखारहित बैंकिङ्ग सेवा झापाको हलदीबारीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
सनराइज बैंकको ३८ औं शाखारहित बैंकिङ्ग सेवा झापाको हलदीबारीमा

श्रावण । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ झापा ंंंंंजिल्लाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ ।

हलदीबारी गाउँपालिकाको अध्यक्ष, रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेक कुमार  निरौलाले एक समारोहका बीच हलदीबारीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । 

सो समारोहमा  हलदीबारी गाउँपालिकाको अध्यक्ष, रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि सर्बधन तामाङ्घलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरका थिए । 

हालसम्म सन््राइज बैंकले ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस