aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लि. को चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय मंगलबारदेखि हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार आरम्भ गरेको छ । 

भरतपुर महानगरपालिका उप प्रमुख पार्वती शाह ठकुरीज्यूले उक्त शाखाको कारोबार शुभारम्भ गर्नुभएको थियो । 

स्थानान्तरण भइ कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक भिम प्रसाद तुलाचन,प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रिय प्रमु्ख नारायणगढ सुरेन्द्र भण्डारी लगायत स्थानीयवासीहरmको उपस्थिति रहेको थियो । 

यस बैंकले नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्पmत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।
 

प्रतिक्रिया दिनुहोस